सुशासन अभियान कांग्रेस र एमालेको हेडक्वाटरमा सोझिएपछि रातारात सरकार ढाले :प्रचण्ड

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा थालेको सुशासन अभियान कांग्रेस र एमालेको हेडक्वाटरमा सोझिएपछि रातारात सरकार ढालेको दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको गौरीगंजमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले  भ्रष्ट, दलाल, विचौलिएका विरुद्ध एकजुट हुन अपिल गरे ।

Laxmi sunrise bank 2034

‘तपाईँहरूलाई थाहै छ । मेरो नेतृत्वको सरकारले भ्रष्ट, दलाल, बिचौलियाविरुद्ध चालिएको सुशासनको अभियान कांग्रेस र एमालेको हेडक्वार्टमा सोझिएपछि रातारात सरकार ढाले । भ्रष्ट दलाल सरकारविरुद्ध एकजुट भएर लाग्न म  अपिल गर्छु’, उनले भने ।