केपी अ‍ोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजिरहेकाे भीम रावलको आरोप

काठमाडौँ —  नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी अ‍ोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै नेता रावलले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए। उनले देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको बताए।

‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्, भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन्,’ नेता रावलले भने।

Laxmi sunrise bank 2034उनले ठूला भनिएका दलहरु सिद्धान्तहीन बन्दै गइरहेको बताउँदै उनीहरु गन्तव्यहीन, आर्दशहीन बाटोमा लागिरहेको उल्लेख गरे।

‘ठूला भनिएका दलहरु सिद्धान्तहीन, गन्तव्यहीन र आर्दशहिन बाटोमा लागेका छन्। जसरी जोसँग भएर मिलेर पनि पद, हत्याउने होडबाजी चलिरहेको छ,’ उलने भने, ‘अन्तर्राष्ट्रिय सम्बन्ध कुटनीति अत्यन्त फितलो र लज्जासपद बनाइएको छ।’

नेता रावलले असमान सन्धि सम्झौताको भारी निरन्तर बढ्दै गइरहको बताउँदै राष्ट्रिय सम्पति र सीमा धेरै नै असुरक्षित बनिरेको उल्लेख गरे।

उनले एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे। उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्ट पारे।

‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र?’ रावलले ओलीलाई प्रश्न गरे।

Shivam Cement

उनले एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाए।