भीम रावलको आरोप प्रचण्डको कपी पेस्ट हाे, गालीगलौजले देश बन्दैन: एमाले

काठमाडौँ —  नेकपा एमालेले केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको टिप्पणी गरेका छन्।

बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँगकाे कुराकानीमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ यिनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाएको भन्दै नेता रावलले त्यही आरोपको कपी पेस्टमात्र गरेकाे टिप्पणी गरेका हुन्।

Laxmi sunrise bank 2034

‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाउनुभएको थियो। एक किसिमले कपी पेष्ट हो। त्यसले उहाँभित्र कति नकारात्मक कुराले भरिएको छ भन्ने प्रष्ट भएको छ’, उनले भने, ‘गालीगलौजले देश बन्ने भए एक जमानामा प्रचण्ड र बाबुराम भट्टराईको डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो। रवि लामिछानेजीहरू त्यसैगरी नै उदाउनुभयो। गालीगलौजले देश बन्दैन।’

त्यस्तै, उनले रावलले गालीगलौज र अभियान चलाउँछु भनिसकेपछि पार्टीमा कुनै छलफल गरिरहनुपर्ने गम्भीर विषय नरहेको पनि बताए।

Shivam Cement

‘३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अनि पौने प्यारा अभियान चलाउँछु भनिसकेपछि कुनै छलफल गरिरहनुपर्ने गम्भीर विषय लागेन। अपेक्षित नै हो यो। पार्टी त्यही कारण उहाँको सदस्यता कायम नरहने निष्कर्षमा पुगेको हो’, उनले भने।