लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव पोखरेल पक्राउ

विराटनर  — संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।  ठगी आरोप लागेका उनलाई प्रहरीले विराटनगरबाटै पक्राउ गरेको हो ।

ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पक्राउ गर्न प्रहरीलाई मोरङ जिल्ला अदालतले अनुमति दिएको थियो । पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेको छ ।