शुक्रबारका लागि सर्‍यो विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन

काठमाडौँ — संघीय संसदका विपक्षी दलहरूले आज(विहीबार) गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन स्थगित भएको छ।  बिहीबार गर्ने भनिएको पत्रकार सम्मेलन भोलि(शुक्रबार) दिउँसो ३ बजेका लागि सारिएको हो।

हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन्।

Shivam Cement

पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको दुई सदस्सीय कार्यदल बनाएको छ।

पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन्।