बेचन झालाई थुनामा राख्नुको कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुपर्ने कारण पेस गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

Shivam Cement

झाले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै पुस २ गते गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, उच्च सरकारी वकिलको कार्यालय पाटन, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई विपक्षी बनाएर सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

गत असार १४ गते पक्राउ परेका झालाई भदौ २ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उच्च अदालत पाटनले पनि मंसिर २७ गते रिहा गर्न अस्वीकार गरेको थियो।

Laxmi sunrise bank 2034

भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका अर्का अभियुक्त रामशरण केसीले दिएको बयानका आधारमा झा पक्राउ परेका थिए। उनी हाल केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन्।