नेपाल र स्कटल्याण्ड महिला टी-२० विश्वकपमा भिड्दै

काठमाडौं — आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ अन्तर्गत नेपालले सोमबार स्कटल्याण्डसँग खेल्नेछ। यो खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरू हुनेछ।

Laxmi sunrise bank 2034

नेपालले पहिलो खेलमा बंगलादेशसँग ५२ रनमा हारेको थियो भने स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो। यो खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ।

आज नै अमेरिका-आयरल्याण्ड, अस्ट्रेलिया-बंगलादेश र न्युजिल्याण्ड-नाइजेरियाको खेल बिहान ८ः१५ देखि जारी छ। दिउँसो हुने खेलमा नेपाल र स्कटल्याण्डसँगै पाकिस्तान-इंग्ल्याण्ड र दक्षिण अफ्रिका-सामोआबीच खेल हुँदैछ।