सुप्रिम सहकारी प्रकरणः अदालतमा हाजिर हुन रुपन्देही पुगे रवि

बुटवल—  बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयान दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही पुगेका छन्।

मंगलबार हवाईमार्गबाट भैरहवा आएका हुन्। उनी भैरहवाको देवकोटा चोकमा बसेका छन्। उनी बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनेछन्।

Laxmi sunrise bank 2034

रविसँगै श्रीमती निकिता र रास्वपाका केन्द्रीय नेताहरू पनि भैरहवा पुगेका छन्।

रविसहित २२ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुरक अभियोजन दर्ता गराएको थियो।