चालु आर्थिक वर्षको ६ महिनामा ८०.७७ प्रतिशत राजश्व लक्ष्य हासिल

काठमाडौँ  — भन्सार विभागले चालु आर्थिक वर्षको ६ महिनामा ८०.७७ प्रतिशत राजश्व लक्ष्य हासिल गरेको छ । ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा विभागले यस्तो जानकारी गराएको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा भन्सार विभागले २ खर्ब २६ अर्ब ४७ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । यो अवधिमा विभागलाई २ खर्ब ८० अर्ब २९ करोड रुपैयाँ राजश्व उठाउनुपर्ने लक्ष्य दिइएको थियो । यो आधारमा विभागले गरेको प्रगति प्रतिशत निर्धारण गरिएको हो ।

Laxmi sunrise bank 2034

यो  वर्षभरिमा भने विभागलाई सरकारले ५ खर्ब ८२ अर्ब ८७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको छ । त्यो आधारमा पुस मसान्तसम्म संकलित राजश्व ३८.८७ प्रतिशत हो ।

Shivam Cement

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा संकलित राजश्वको १०.९० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको पुससम्म विभागले २ खर्ब ४ अर्ब १६ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।