स्टन्टबाजीबाट देश चल्दैन : प्रधानमन्त्री

काठमाडौँ  —प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टन्टबाजी’ गरेर देश नचल्ने बताएका छन्। सुशासन र समृद्धिमा ध्यान दिनुपर्नेमा उनको जोड छ। बुधबार (आज) युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै उनले देशलाई अब भद्रगोल अवस्थामा राख्न नहुने स्पष्ट पारेका हुन्।

‘अब देशलाई भद्रगोल बनाएर हुँदैन। सुशासनमा ध्यान दिनुपर्छ, मान्छे कसरी सुखी हुन्छ भन्ने नै हाम्रो केन्द्रबिन्दु हुनुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘कानुनी क्षेत्र, न्याय प्रणाली तथा समग्र क्षेत्रमा सुधार आवश्यक छ। सरकार देश र जनताप्रति निष्ठावान् र इमानदार छ।’

Laxmi sunrise bank 2034

उनले भ्रष्टाचारलाई कुनै पनि हालतमा सहन नसक्ने दोहोर्‍याउँदै भने, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ। थाहा पाएसम्म है! अब मुसाले कहाँ–कहाँ पुवाल लग्यो, थाहा नहुन पनि सक्छ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले युवा कानुन व्यवसायी सम्मेलनमा भएका छलफलका निष्कर्ष कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन पनि दिएका छन्। संविधान संशोधनलगायत कानुनी सुधारको विषयमा भएका निष्कर्षलाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्ने उनको भनाइ रहेको थियो।