‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र संकल्प’ पुस्तक लोकार्पणमा ओली र विद्यामा देखियो हार्दिकता

काठमाडौं — पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको आज लोकार्पण भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुस्तक लोकार्पण गरेकी हुन् ।

 

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरूका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शंकर पोखरेललगायत सहभागी थिए।

पुस्तर विमोचनको प्रमुख अतिथि बनेकी भण्डारी र प्रधानमन्त्री ओलीबीच कार्यक्रममा निक्कै हार्दिकता देखिएको थियो । भण्डारी दुई कार्यकाल राष्ट्रपति भएर हाल एमालेको राजनीतिमा सक्रिया हुन खोजिरहेकी छन् ।