संघीय र प्रदेश सांसदको संयुक्त भेला स्थगित

काठमाडौं, फागुन २१ गते । आठ दलीय गठबन्धनले आयोजना गरेको सांसदहरुको भेला स्थगित भएको छ । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले फागुन २४ मा प्रतिनिधि सभा र प्रदेशसभा सांसदहरुका लागि संयुक्त भेला राखेको थियो ।

पुरानो गठबन्धन व्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि आफ्ना सांसदहरुलाई अभिमुखीकरण गरिएको थियो ।

सो भेला निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण रोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन आठ दलले बोलाएका थिए । तर आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

आठ दलीय कार्यदलले गरेको निर्णय अनुसार संघीय प्रदेशका सांसदको छुट्टाछुट्टै अभिमुखिकरण गरिसकेको छ । बिहीबार संघीय सांसद र शुक्रबार प्रदेश सांसदलाई शीर्ष तहका नेताहरुले अभिमुखीकरण गरेका छन् ।