काठमाडौं, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । संसदमा बिहीबार भएको प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले त्यसको उपाय र कदमहरु चालिएको बताउनुभयो ।
‘अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति र वित्तीय नीति बीच सामञ्जस्यता ल्याउन अर्थमन्त्रालय र राष्ट्र बैंकबीच लगातार छलफल भइरहेको उहाँको भनाई छ । ,’ ‘सबै सचेत र इमान्दार पहलले रेमिट्यान्स र विदेशी विनियम सञ्चितिमा उल्लेख्य सुधार भएको छ, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवामा जनताले अनुभूति हुने गरी सुधार भएको दाबी गर्नुभयो । सरकारले विकास निमार्ण तथा सार्वजनिक सेवा प्रवाहको अनुगमन थप शसक्त बनाएको उहाँले बताउनृभयो । जसले राज्यप्रति जनताको विश्वास बढ्दै गएको उहाँको भनाई छ । यस्तै भूकम्प पीडितको बाँकी किस्ता २०८० असार मसान्तसम्म भुक्तानी हुने उहाँले बताउनुभयो ।