काठमाडौँ, माघ १८ गते । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरुबीच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी, नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्का सदस्यहरुले संविधानको व्यवस्थाविपरीत बोल्न नहुने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले सांसदले बोलेको उक्त विषयप्रति आपत्ति जनाउँदै धर्म, गणतन्त्र र सङ्घीयताका सवालमा संसद्मा बोल्न पाउने व्यवस्था हुनुपर्ने माग गर्नुभएको थियो ।