
काठमाडौं , साउनु २८ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताउनुभयो ।
आइतबार आयोजना गरेको एमालेको विषेश पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्री असफल भइसकेको जिगिर गर्नुभयो । तर रोष्ट्रममा गएर ठूला गफ दिएको उहाँले बताउनुभयो ।
‘गृहमन्त्रीले त रोष्टममा राजीनामा गर्न बाहेक जानु भनेको अनौठो कुरा हो’, ओलील ओलीले भन्नुभयो, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेको पक्राउ ग¥यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्री जवाफदेही होइन ?’
अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरुले भेट्नु सामान्य भएको समेत बताउनुभयो ।
उहाँले आफूले पनि भेटेको बताउनुभयो । राष्ट्रपति बन्नुअघि पार्टीको उपाध्यक्ष नै रहेकाले भेट्नु स्वाभाविक भएको बताउनुभयो ।
‘हामी मध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि । विष्णु पौडेलजीले मात्र होइन, मैले पनि कुरा गरेको छु, अरुले पनि कुरा गर्नु भएको छ’ उहाँले भन्नुभयो, ‘यस्तो विषयलाई कार्ड छपाएर लिएर जानु भयो रे त, पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्नुभयो भन्ने यो खालको प्रयासहरुलाई मलजल नगर्दा राम्रो हुन्छ ।’