पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी गुमाएँ : ओली

काठमाडौं, भदौ २६ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी रहेको भन्दै नेम्वाङको स्मरण गर्नुभएको छ ।

निधनको खबर लगत्तै अस्पताल पुगेका अध्यक्ष ओलीले मंगलवार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताउनुभयो ।,

अध्यक्ष ओलीले मृदुभाषी र शालीन साथी सुवास नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

पार्टीको राजनीतिमा सधैँ ओलीलाई साथ दिनुभएका नेम्वाङको निधनप्रति उहाँले गहिरो शोक व्यक्त गर्नुभयो ।